सत्ता गठबन्धनबाट ‘बाइपास’ गरे प्रचण्डलाई लोप्पा खुवाउने माधव नेपालको चेतावनी

राष्ट्रपाटी न्युज

२० बैशाख २०८०

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरेको गुनासो गरेका छन् ।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको बताउँदै आफूहरुलाई पीडा महसुस भएको गुनासो गरेका छन् ।
कर्णाली सरकारमा कांग्रेस र माओवादीले एकलौटी गर्न खोजिएको बताउँदै अध्यक्ष नेपालले गठबन्धनको भविष्यमाथि प्रश्न उठेको बताएका छन् । अध्यक्ष नेपालले गठबन्धनभित्र खासगरी नेकपा माओवादी केन्द्रको व्यवहारले आफ्नो पार्टी दुःखी भएको गुनासो गरेका छन् ।

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ अध्यक्ष नेपालले भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’

दम्भ र घमण्ड नगर्न आग्रह गर्दै अध्यक्ष नेपालले घमण्ड गरे प्रचण्डलाई पनि लोप्पा खुवाइने चेतावनी दिएका छन् ।


Published :२० बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media