काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् ।
एमाले सचिव एवं तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बस्नेतले नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई कारबाही गर्न दलहरु एक हुनुपर्ने बताएका छन् । साथै एमाले ,काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाही गरिनुपर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले लेखेका छन्– नक्कली भुटानी सरणार्थी प्रकरणमा संलग्न सबैलाई कार्बाही गर्ने कुरा उचित छ । नक्कलि लडाकु ,बालुवाटार, वाइडबडी लगायत सबै दोषिलाई कार्बाहि गर्न दलहरु एक हुनुपर्दछ । एमाले,काँग्रेस जुनसुकै दलको आडमा लागेका भए पनि सबै दोषीलाई कार्बाहि गर्नुपर्दछ ।