थप ९१ जनामा कोरोना संक्रमण

राष्ट्रपाटी न्युज

बैशाख २०, २०८०

काठमाडौं । थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट २५४२ नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३३६ र एन्टिजेनबाट २१९६ नमुना परीक्षण गर्दा पीसीआरबाट २७ र एन्टिजेनबाट ६४ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा ५९ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२० पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।


Published :बैशाख २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media