‘बिडी त्यागी नेपथ्य सम्मान २०८०’ बाट वडाध्यक्ष शम्भु प्रसाद भट्टराई सम्मानित

राष्ट्रपाटी न्युज

बैशाख २०, २०८०

काठमाडौँ। बिडी त्यागी स्मृति केन्द्रले ‘बिडी त्यागी नेपथ्य सम्मान २०८०’ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईलाई प्रदान गरेको छ। गैरसाहित्यिक व्यक्तित्वलाई दिइने उक्त पुरस्कार यो पटक भट्टराईले प्राप्त गरेका हुन्।

त्यसै गरि उक्त केन्द्रले एक विशेष समारोहका बीच ‘बिडी त्यागी स्मृति सम्मान २०८०’ साहित्यकार राधेश्याम लेकालीलाई, ‘बिडी त्यागी स्मृति पुरस्कार’ साहित्यकार रामचन्द्र दाहाललाई, ‘बिडी त्यागी योगदान सम्मान’ प्रकाशक तथा साहित्यकार रामदेव पाण्डेलाई, ‘बिडी त्यागी प्रतिभा सम्मान’ साहित्यकार सरु पोखरेललाई प्रदान गरिएको छ ।

साहित्यकार बीडी त्यागीको सम्झनामा केन्द्रले २० वर्षयता साहित्यकारलाई सो सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ।

रामहिटी साहित्य सदन बौद्धमा सम्मान कार्यक्रमआयोजना गरिएको थियो।


Published :बैशाख २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media