गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस

राष्ट्रपाटी न्युज

बैशाख २०, २०८०

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्। आज (बिहीबार) बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम उनले विश्वासको मत माग गरेका हुन्। माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे गत बिहीबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त भएका पाण्डेलाई माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थन छ। सरकारलाई विश्वासको मतका लागि ३१ सांसदको आवश्यक पर्दछ। पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ ।


Published :बैशाख २०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media