दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम ७३ करोड २६ लाख

राष्ट्रपाटी न्युज

२१ बैशाख २०८०

काठमाडौं । कारोबार साताको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेको छ । आज २७६ कम्पनीको सेयर २५ लाख ३३ हजार ७१४ कित्ता सेयर ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँमा खरिदबिक्री भयो।

आज दुईवटा कम्पनीको मूल्य ९ प्रतिशत  र दुई कम्पनीको ८ प्रतिशत बढिले बढ्यो। एनआईबीएल ग्रोथ फन्डको सेयर मूल्य ९.८६ प्रतिशत र लक्ष्मी लघुवित्ती वित्तीय संस्थाको ९.१६ प्रतिशतले बढ्यो।

यस्तै, सयपत्री हाइड्रोपावरको ८.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीयको ८.२० प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको प्रमोटर सेयर ४ करोड बढि मूल्यमा खरिदबिक्री भयो।

शिवम् सिमेन्टको २ करोड र नविल बैंकको १ करोड बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ।

फाइनान्स,हाइड्रो पावर,नन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १ प्रतिशत बढिले बढ्यो ।


Published :२१ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media