बूढानीलकण्ठ। “हाम्रो रुद्रमती, राम्रो रुद्रमती” भन्ने मुल नाराका साथ बूढानीलकण्ठ नगरपालिकामा शुरु गरिएको धोबिखोला सरसफाई अभियानको आज अनुगमन गरिएको छ।
रुद्रमती हरियाली उपभोक्ता समितिको आयोजना र बूढानीलकण्ठ नगरपालिका तथा डिभिजन वन कार्यालयको सहकार्यमा कार्यक्रम बैशाख १४ गतेबाट १० दिन सम्म संचालन भैरहेको छ।
उक्त सरसफाई कार्यक्रमको बिहिबार बूढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी , नगर प्रवक्ता नवराज भट्टराई, वडा नं ८ वडा अध्यक्ष सुमन तामाङ्ग, वडा नं ०९ वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, वडा नं ११ अध्यक्ष राजु अधिकारी, वडा नं १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं ०८ सदस्य विनोद थापा, रुद्रमती हरीयाली उपभोक्ता समितिका अध्यक्ष शम्भु कुमार श्रेष्ठ तथा पदाधिकारीहरु लगायत समाजसेवि तथा स्थानीय वासिन्दाहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
खोला सरसफाईको क्रममा डोजर चालकलाई धम्की दिने, किनारमा फोहोर फाल्ने जस्ता विभिन्न किसिमका अवरोध सिर्जना भईरहेको गुनासो स्थानीयको रहेकोले उक्त टोलि अनुगमनमा निस्केको हो ।