बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै

राष्ट्रपाटी न्युज

२३ बैशाख २०८०

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि (आइतबार) देखि सुरु हुँदैछ ।

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गर्नुभएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।


Published :२३ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media