सरकारले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धनको निष्कर्ष

राष्ट्रपाटी न्युज

२३ बैशाख २०८०

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारले विश्वासको मत लिन नपर्ने निष्कर्ष निकालेको छ ।

बालुवाटारमा शनिबार बसेको सत्ता साझेदार दलको बैठकले विश्वासको मत लिन नपर्ने निष्कर्ष निकालेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुपर्ने बहस सिर्जना भएको छ । यद्यपि संविधानविद्हरू नै यस विषयमा एकमत छैनन् ।

त्यस्तै बैठकले भोलिदेखि सुरु हुने संसदको बजेट अधिवेशनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भोलिको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका विषयमा भोलिको संसदमा कुरा राख्ने हुँदा गठबन्धन बैठकमा सोही विषयमा केन्द्रित भएको बताए ।

त्यसबाहेक बैठकमा नागरिकता विधेयक, संघीय निजामती ऐन, शिक्षा ऐन, संवैधानिक परिषद् विधेयकका विषयमा छलफल भएको पाण्डेले जानकारी दिए ।


Published :२३ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media