कपन डुवानको दिर्घकालिन समाधान हुँदै: तेश्रो चरणको बक्स कल्भर्ट निर्माण सुरु

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८०

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नं १० धोबिखोला करिडोर देखी मिलनचोक तरकारी बजार जाने तर्फ चखुन्चा चोक सम्मको ५०० मिटर लामो बक्स कल्भर्ट निर्माण कार्य सुरु भएको छ ।

कपन डुबान समस्या समाधानका लागी सुरु भएको साततले-आनिगुम्बा परियोजना अन्तरगत तेस्रो चरणको कल्भर्ट निर्माण कार्य सुरु भएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको विनियोजित रकम २७ करोड १ लाख १ हजार १ सय ३६ रुपैयाँमा हुन लागेको यस ५०० मिटर कल्भर्ट निर्माणको लागी ड्रागन-आर.ए-रनेसन्स जेभी कम्पनि ललितपुरले २०७९ चैत्र २ गते ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको हो।

सम्झौता अनुसार २०८१ माघ ११ गते सम्ममा निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ।

उक्त निर्माण कार्यको आज नगर प्रमुख मिठाराम अधिकारी र नगर प्रवक्ता एबम वडाध्यक्ष नवराज भट्टराईले निरिक्षण गरेका छन् ।

बर्षौं देखि डुवान समस्या भोगी रहेका कपनबासिहरुमा यो खबरले खुशीको संचार गरेको स्थानीय बासिहरुको भनाइ छ। ।

 


Published :बैशाख २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media