बालकृष्ण खाँणलाई अदालतको फैसलापछि मात्रै कारबाही गर्ने कांग्रेसको निष्कर्ष

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८०

काठमाडौं । नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ।

बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले बताए ।

उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा मतभेद नभएको बताए ।

उनले पक्राउ पर्नेवितिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्थ छानबिनको माग गरे ।

उनले कांग्रेस दोषीलाई उम्काउने पक्षमा नरहेको स्पष्ट पारे । ‘अनुसन्धानलाई सहयोग पुर्‍याउने कुरामा पदाधिकारी एकमत छन्,’ उनले भने ।


Published :बैशाख २७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media