निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा

राष्ट्रपाटी न्युज

बैशाख २९, २०८०

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत मेयर शाहले काठमाडौंका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।

उनले भनेका छन्,‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’


Published :बैशाख २९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media