मावि तहको शिक्षक लाइसेन्सको विज्ञापन खुला

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स)  को विज्ञापन आह्वान गरेको छ । आयोगले एक सूचना जारी गर्दै माध्यामिक तहको शिक्षक अध्यापन अनुमतिपत्र खोलेको हो ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन-संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा सूचित गरिन्छ । व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुहुन तथा पछि फरक परेमा वा पर्न गएमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारबाही हुन नसक्ने व्यहोरा समेत जानकारी गराइन्छ।’

सूचना अनुसार अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन-संशोधन तथा थपघट गर्न सकिंदैन ।


Published :बैशाख ३१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media