आज ४ बजे नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
आज अपराह्न ४ बजे बस्ने सदनको संयुक्त वैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत सरकरको नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए ।
प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई निरन्तरता दिने, संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा जलवायु परिवर्तनलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइने उनले बताएका छन् ।


Published :५ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media