रवि लामिछानेविरुद्धको रिट दर्ता गर्नूः सर्वोच्च 

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०८०

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।


Published :जेष्ठ ८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media