निर्देशकले अण्डरवेयर हेर्न चाहेः प्रियंका

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०८०

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडाले बलिउडमा चलचित्र छायांकनका समयमा एक निर्देशकले आफ्नो अण्डरवेयर हेर्न चाहेको बताएकी छन् ।

हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना सम्झँदै उनले सो कुरा बताएकी हुन् ।

उनका अनुसार यो घटना सन् २००२ देखि २००३ बीचको हो । उनी चलचित्र उद्योगमा नयाँ थिइन् र उनले अण्डरकभर एजेन्टको भूमिका निभाउनुपर्ने थियो । यो चरित्रका लागि उनले एक यस्तो निर्देशकसँग काम गरेकी थिइन्  त्यस्तो निर्देशक उनले आजसम्म नभेटेको बताइन् ।

यो चलचित्रको एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो । जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो ।

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिन् । तर, निर्देशकले उनको अण्डरवेयर हेर्न चाहेको बताएका थिए । ‘तिमीले अण्डरवेयर देखाएनौ भने यो चलचित्र हेर्न दर्शक किन आउने ?’ ती निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिइन् । निर्देशकको यो प्रस्तावपछि प्रियंकाले उक्त चलचित्र नै छोडेको बताइन् । (एजेन्सी)


Published :१३ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media