द्वन्द्वपिडितलाइ बूढानिलकन्ठ नगर कार्यालयको ढोका संधै खुला छ – नगरप्रमुख अधिकारी

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०८०

काठमाडौ। महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० को दोश्रो राष्ट्रिय कार्य योजना अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।मानव अधिकारको लागि महिला, एकल महिला समुहको कार्यालय बूढानिलकन्ठ नगरपालिका वडा नम्बर ७ छहारी भवन हात्तीगौंडामा कार्यक्रम आयोजना गरिएको हो । संस्था कि अध्यक्ष कविता पाँडेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन एकमाया बिश्वकर्माले गरेकी थिइन्।

बूढानिलकन्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बूढानिलकन्ठ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रवि खड्का ,७ का अध्यक्ष बसनारायण महर्जन ,९ कि अध्यक्ष सुमित्रा त्रिपाठी पान्डे लगायत दर्जनौ द्वन्द्वपिडित व्याक्तिहरुको उपश्थिति रहेको थियो।

कार्यक्रममा महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्रस्तावित प्रस्ताव नम्बर १३२५ र १८२० को बारेमा कार्यपत्र प्रस्तुत गरिनुको साथै छलफल गरिएको थियो। छलफलको क्रममा बिगतको माओबादी द्वन्द्वमा परेका द्वन्द्वपिडितहरुले आफ्नो पिडा समेत व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि बूढानिलकन्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले द्वन्द्वपिडितसंग नगरपालिका सहकार्य गर्न तयार रहेको र नगरपालिकाको ढोका सहयोगका लागि संधै खुला रहेको बताएका थिए।

त्यसैगरि बूढानिलकन्ठ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रवि खड्काले द्वन्द्वपीडितका दुखका कथा सुन्दा पिडा बोध भएको भन्दै आफू र आफ्नो वडा जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।


Published :१४ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media