राष्ट्रपतिद्वारा पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपाटी न्युज

जेष्ठ १६, २०८०

काठमाडौँ । पाँच देशमा गैरआवासीय राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलई अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त भएका हुन् ।

त्यस्तै, राष्ट्रपति पौडेलले डेनमार्कका डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।


Published :जेष्ठ १६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media