कांग्रेस, माओवादी र नेकपा एसनिकट ७६ कलाकार एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

जेष्ठ १७, २०८०

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एसनिकट ७६ जना कलाकारहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज पार्टी कार्यालय च्यासलमा जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

कलाकारहरुलाई पार्टीमा प्रवेश गराउनुहुँदै अध्यक्ष ओलीले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गरे । उनले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न कलाकारहरुलाई आह्वान गरे ।

नेकपा एमालेले मुलुकको समृद्धिको अभियान संचालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने अध्यक्ष ओलीले बताए ।


Published :जेष्ठ १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media