संसदमा भैंसी शब्दले हंगामा

राष्ट्रपाटी न्युज

जेष्ठ २१, २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठकमा भैंसी शव्दका कारण हंगामा भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्रीलाई प्रतिपश्न गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीले भारत भ्रमणबाट भैँसी चढेर आएको र त्यो भन्दा कुनै उपलव्धी नभएको धारणा राखेपछि संसदमा हंगामा भएको हो ।
बैठकमा सत्तापक्ष सांसदहरुले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भन्ने शव्द रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए भने प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीले पनि सम्बोधनका क्रममा आफु भैसि चढेको प्रसंग निकालेको भन्दै प्रधानमन्त्रीको शव्द पनि रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।
सो क्रममा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच भनाभन भएको थियो भने प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । सांसदको विरोधपछि संसद बैठक नै अवरुद्ध हुने भएपछि सभामुख देवराज घिमिरेले भैँसी चढेर आएको भन्ने शव्दलाई रेकर्डबाट हटाउन निर्देशन दिए पछि सदन सहज रुपमा सूचारु भएको छ ।


Published :जेष्ठ २१, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media