दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम १ अर्ब ९८ करोड बढी

राष्ट्रपाटी न्युज

जेष्ठ २३, २०८०

काठमाडौं । सेयर बजार मंगलबार २५.६६ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

साथैसेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ ।

२६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढ्दा जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ ।


Published :जेष्ठ २३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media