
काठमाडौँ । बाल उद्धार माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
काठमाडौँ बुढानीलकण्ठ वडा नं १० मा रहेको सो विद्यालयको वार्षिकोत्सव एवं अभिभावक दिवस प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एबम संघीय साम्सद गगन कुमार थापा ,नेपालका लागि चीनका राजदुत चेन सोङ्ग , प्रदेश सभा सदस्यहरु जयराम थापा , मिना पराजुली ,राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी ,बूढानिलकन्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारि ,उपप्रमुख अनिता लामा ,वडाध्यक्षहरु नवराज भट्टराई तथा शम्भु प्रसाद भट्टराई , जनप्रतिनिधिहरु ,बिभिन्न पार्टीका प्रतिनिधिहरु, अक्षयकोष दाताहरु , विधालय व्यबस्थापन समितिका पुर्व अध्यक्षहरु तथा पुर्व प्रधानाध्यकहरु,शिक्षा सेवी तथा समाजसेवीहरु विधालयका अभिभावकहरु, विधार्थीहरु तथा शिक्षक शिक्षिकाहरु लगायत हजारौको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई प्रमुख अतिथि सभामुख घिर्मिरे लगायत साम्सद गगन कुमार थापा , प्रदेश सभा सदस्य जयराम थापा , नगर प्रमुख मिठाराम अधिकारि, वडाध्यक्ष नवराज भट्टराई , बिधालय व्यबस्थापन समितिका अध्यक्ष धुर्व प्रसाद घिमिरे ,प्रधानाध्यापक बिनोद पण्डितले सम्बोधन गरेका थिए।
कार्यक्रममा सभामुख घिमिरेले विद्यालयले भौतिक, प्रशासनिक पारदर्शिताको प्रशंसा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शुभकामना दिए । उनले नेपालका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सबैतिर खस्किँदै गएकोले यसलाई सुधार गर्न सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा काठमाडौँ क्षेत्र नं ४ का संघीय सांसद गगनकुमार थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैले लाग्नुपर्ने बताए ।
कार्यक्रममा क्षेत्र नं ४ प्रदेश (ख) का सांसद जयराम थापाले नेपालका सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिमा लाग्न सबैलाई आग्रह गरेका थिए ।
सोही कार्यक्रममा विद्यालय रहेको वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले सम्बोधन गर्दै विद्यालयको भौतिक शैक्षिक लगायतको विकासमा आफूले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा अझ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विद्यालयको गतिविधि प्रस्तुत गर्दै आफूले आफ्नो महत्वपूर्ण समय विद्यालयमै खर्चिएको बताएका थिए । उनले विद्यालयको भौतिक, प्रशासनिक र शैक्षिक गुणस्तर सुधार गर्न लागिरहेको बताएका थिए ।