फोन नउठाउने जनप्रतिनिधिलाइ कारबाही हुन्छ -नगर प्रमुख अधिकारी

राष्ट्रपाटी न्युज

जेष्ठ २६, २०८०

काठमाडौं। देशभरकै धेरै जनसंख्या भएको नगरपालिका बूढानिलकन्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले जनताको फोन नउठाउने जनप्रतिनिधिलाइ कारबाही गर्ने चेतावनी दिएका छन्। बूढानिलकन्ठ नगरपालिका वडा नम्बर १० मा रहेको बाल उद्दार माध्यमिक विधालयको ३४ औ बार्षिकोत्सव एबम अभिभावक दिवस कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले धेरै जनप्रतिनिधिले जनताको फोन नउठाएको भन्ने गुनासो आफूलाई आएको भन्दै उक्त चेतवानी दिएका हुन्। आफुले राति १ बजे सम्म जनताको फोन उठाउने गरेको भन्दै कुनै पनि बेला समस्या परेमा आफूलाई फोन गर्न अनुरोध समेत गरेका छन्।

उनले विद्यालयको शैक्षिक उन्नयनका लागि नगरपालिका सदैव चनाखो रहेको र नगरपालिका भित्रका विद्यालयको उन्नति, प्रगतिमा सदैव साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

 


Published :जेष्ठ २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media