स्याङ्जा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सफल नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी मिचिएको कुरा नउठाएको उनको भनाइ छ ।
उनले वर्तमान सरकारको कुनै गन्तब्य नभएको आरोप लगाए । सरकार कामभन्दा पनि हल्लाको पछाडि लागेको उनले बताए ।
आँधीखोला गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै ओलीले सरकारको काम गर्ने ल्याकत नभएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो कार्यकालको तीन वर्षमा विकासले ठूलो फड्को मारेको दाबी गरे ।
दस पार्टी मिलेर बनेको सरकार हल्लाको पछाडि लागेको उनले बताए । एमाले सधैं प्रतिपक्षमा बस्ने पार्टी नभएको बताउँदै उनले सत्ताका लागि पनि मरिहत्ते नगर्ने उनको भनाइ छ।
आँधीखोलाले चार हजार वर्षको इतिहासलाई पालिका भवनले पहिचान गरेको उनले बताए । आफू २०४२ सालमा स्याङ्जा जेल बस्दाको स्मरण गर्दै ओलीले स्याङ्जाले विकासमा ठूलो फड्को मारेकोमा खुसी ब्यक्त गरे ।
यहाँका गाउँगाउँमा मोटरबाटो, बिजुली बत्ति, खानेपानी पुगेको बताउँदै पूर्वाधार, स्वास्थ्य, शिक्षामा फड्को आफू प्रधानमन्त्री हुदाँ गरेको बताए । एकैदिन आफूले ३ सय ९६ योजनाको शिलान्यास गरेको योजनामा सरकारले बजेट कटौती गरेर विकास रोकेको उनले बताए ।