स्याङ्जाको एक फोटो स्टुडियोमा आगलागी हुँदा लाखौँको क्षति

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०८०

स्याङ्जा । भीरकोट नगरपालिकाको मुख्य बजार स्थित झरना फोटो स्टुडियोभित्र आगलागी भएको छ।

भीरकोट-१ बयरघारी बजारस्थित सो घरमा गए राति झण्डै १ बजे भएको आगलागीबाट लाखौं मूल्य बराबरको क्षति पुगेको बताइएको छ ।

स्टुडियोमा रहेका चारवटा भिडियो खिच्ने क्यामेरा, पाँचवटा ल्यापटप, दुई वटा डेस्क टप कम्प्युटर, २ वटा प्रिन्टर र बिक्रीका लागि राखिएका खेलकुद सामग्रीहरू जलेर पूर्ण रूपमा जलेर नष्ट भएको स्टुडियो सञ्चालक राजेश पौडेलले बताए ।

रातमा भएको आगलागीका कारण कुनै पनि समान झिक्न नपाइएको उनको भनाइ छ । के कति कारणले आगलागी भयो सोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दमकल, स्थानीयवासी तथा प्रहरीको सहयोगबाट आगो गएराति नै निभाइएको थियो ।


Published :२७ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media