बूढानिलकन्ठमा साइबर क्राइम तथा लागुपदार्थ विरुद्वको जनचेतना मुलक कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०८०

काठमाडौं। बूढानिलकन्ठ नगरपालिकामा कक्षा ९ र १० मा अध्ययनरत बिधार्थीहरुका लागि एक दिने साइबर क्राइम तथा लागु पदार्थ दुर्व्यसनि विरुद्वको जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ। बूढानिलकन्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता बूढानिलकन्ठ नगर पालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले गरेका थिए। कार्यक्रममा वडा नम्बर-१० का वडाध्यक्ष एबम नगर प्रवक्ता नबराज भट्टराई, नगर कार्यपालिका सदस्य शान्ता ढकाल, जनप्रतिनिधिहरु इश्वरी भट्टराई, मिना बयलकोटी लगायत बिभिन्न बिधालयका प्रधानाध्यापक र शिक्षकहरु तथा सयौ बिधार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी एबम वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा उपस्थित बिधार्थीहरुलाइ प्रशिक्षकहरु पुष्पा खड्का तथा प्रहरी सहायक निरीक्षक रामचन्द्र थापाले साइबर क्राइम तथा लागुपदार्थ दुर्व्यसनी सम्बन्धमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमको आयोजना महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , नारि चेतना समाज नेपाल र बूढानिलकण्ठ नगरपालिकाले संयुक्त रुपमा गरेका थिए।

 


Published :२७ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media