घट्यो सुनचाँदीको भाउ

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८०

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य रुपमा घटेको छ । सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ । आइतबार भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।


Published :जेष्ठ २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media