सुदूरपश्चिमको आव २०८०/८१ को बजेट सार्वजनिक (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४८ करोड पाँच लाख कम बजेट ल्याएको छ। चालु आर्थिक वर्षको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ रहेको थियो।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख (३२.७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख (५८.१६ प्रतिशत) बजेट विनियोजन गरेको छ। यसैगरी, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ३४ करोड ७५ लाख (८.०२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१.०३ प्रतिशत) बजेट विनियोजन गरेको छ। 

सरकारले प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रका लागि तीन÷तीन करोडका दरले बजेट विनियोजन गरेको छ । सो कार्यक्रमका लागि कुल ९६ करोड रुपियाँ बजेट विनियोजन भएको छ । 

हेर्नुहोस् पूर्ण बजेट

 


Published :असार १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media