यो सरकार लामो समय टिके देशलाई राम्रो हुँदैनः गोकर्ण विष्ट

पोखरा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रचण्ड नेतृत्वको सरकार लामो समय चल्नु देशका लागि राम्रो नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विष्टले यस्तो बताएका हुन् ।

यो सरकार आफ्नै खुट्टामा नउभिएकाले लामो समय चल्नु देशका लागि राम्रो नहुने सचिव विष्टले बताए ।

उनले भने, ‘यो सरकार आफ्नै खुट्टामा उभिएको छैन। यो सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यो सरकार लामो समय चल्नै हुँदैन । यो सरकार जति लामो समय चल्छ। त्यतिनै देशको अधोगति हुन्छ, त्यति नै देशको प्रगति रोकिन्छ । त्यसकारण यो सरकार लामो समय चल्नै हुँदैन ।’


Published :असार १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media