विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन थुनामा राख्न अनुमति दिएको हो।

अदालतको आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उहाँमाथिको अनुसन्धानलाई निरन्तरता दिनेछ। अनुसन्धानका लागि थप समय आवश्यक परे सात दिनको म्याद सकिएपछि पुनः विशेष अदालतबाट म्याद थप गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई स्थलमार्गबाट काठमाडौं ल्याई विशेष अदालतमा उपस्थित गराइएको थियो।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको विभागले जनाएको छ।


Published :असार ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media