उडान नियमित गर्न सकेमात्रै पर्यटन प्रवर्द्धन हुन्छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउन आवश्यक रहेको बताएका छन् ।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले उडान नियमित रुपमा गर्नसकेमात्रै पर्यटन प्रवर्द्धन हुने बताए । उनले आजको खुशीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गरे । उनले भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनाउनेतर्फ सोच्नुपर्ने बताए । उनले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताए । उनले कुनै पनि देशका हवाई कम्पनीहरु फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।

नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको बताए ।


Published :असार ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media