नेपाल वायु सेवा निगम हिमाल सिमेन्ट कारखानाजस्तो अवस्थामा पुग्योः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद् योगेश भट्टराईले नेपाल वायु सेवा निगममा अनावश्यक तरिकाले कर्मचारी भर्ना भइरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् भट्टराईले निगमको दिर्घकालीन विकासका लागि सरकारले केही नसोचेको भन्दै निगम अहिले हिमाल सिमेन्ट कारखानाजस्तो अवस्थामा पुगिरहेको बताएका हुन् । उनले निगमको ओएनएम गर्न जरुरी रहेको बताए । नेपालमा अहिले ५५ विमानस्थल रहे पनि अधिकांश बन्द अवस्थामा रहेको उनको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को विकल्प निजगढ बिमानस्थल रहेको बताए । चाइनिज जहाजहरू कसको स्वार्थमा ल्याइयो ? भन्दै उनले सरकारलाई प्रश्न गरे ।


Published :८ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media