निर्वाचनमा अन्तर्घात गर्ने पाँच केन्द्रीय सदस्यलाई निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको आजको बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पाँच जनालाई निष्कासन गर्ने निर्णय गरेको छ ।

बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

साथै बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ।

सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ ।


Published :असार ८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media