जनमतले बजेटका पक्षमा मतदान नगर्ने

राष्ट्रपाटी न्युज

असार १२, २०८०

काठमाडौं । जनमत पार्टीले बजेटका पक्षमा मतदान नगर्ने निर्णय  गरेको छ।  बुधबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका पक्षमा मतदान नगर्ने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष सीके रावतले देशकै अर्थतन्त्र धरासायी भइरहेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।


Published :असार १२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media