आयोगद्वारा नो भोटदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको कानुनी मस्यौदा पारित

राष्ट्रपाटी न्युज

असार १७, २०८०

काठमाडौं । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आज बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले निर्वाचनसम्बन्धी कानुनमा ‘नो भोट’, विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

यस्तै पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ ।

 


Published :असार १७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media