ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुँदै

राष्ट्रपाटी न्युज

असार १८, २०८०

काठमाडौं । सरकारी स्वामित्वमा रहेको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुने भएको छ ।

रिटको पेशी न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको छ ।

यसअघि असार १५ गते सो रिटमा प्रारम्भिक सु्नुवाइ गर्दै न्यायाधीश डा. कुमार चुँडालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका आरोपितलाई थुनामा राख्नुको आधार, कारण र प्रमाणसहित पेश गर्न सरकारलाई भनेको थियो । रिटमा गृहमन्त्रालयलाई विपक्षी बनाइएको छ ।

छलफलका लागि आज दुवै पक्षलाई बोलाइएको हो ।

आफूहरूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको दावीसहित पूर्वनिर्वाचन आयुक्त  शाह,भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए । उनीहरूले आफूलाई बिनासर्त रिहाइ गर्नुपर्ने माग गरेका छन् ।


Published :असार १८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media