डडेल्धुराका जनताले परिवर्तनको अनुभूति गर्न अब धेरै पर्खिनुपर्दैनः रवि लामिछाने

राष्ट्रपाटी न्युज

असार २०, २०८०

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डडेल्धुराका जनताले परिवर्तनको अनुभुति गर्न अब धेरै पर्खिनु नपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले डडेल्धुरामा पहिलो पटक आयोजना गरेको जनसभामा बोल्दै सभापति लामिछानेले गएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा बीउ मात्र रोपेको हो फल २०८४ मा फल्ने बताए ।

साथै यहाँका जनताले जिताएर पठाएका जनप्रतिनिधिले जनताको अपेक्षा अनुरुप काम नगरेको उनले बताए । उनको उक्त भनाइ पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालक्षित थियो ।

जिल्ला संयोजक पारस वाहुनको अध्यक्षतामा सम्पन्न भएको जनसभामा बोल्दै सभापति लामिछानेले अहिलेको राजनीतिक पुस्ताले युवाहरुलाई भारत लगायत तेस्रो मुलुकमा बिदेशिन बाध्य पारेको भन्दै बर्तमान बिकृति बिसंगतिलाई चिर्न डडेल्धुराबासीलाई तम्तयार रहन आग्रह समेत गरे ।

साथै उनले आगामी निर्वाचनमा सहि नेतृत्वले मात्र देश बन्ने धारणा राख्दै देशका लागि ईमान्दारितापूर्वक काम गर्ने सहि नेतृत्वको पक्षमा स्वतन्त्र पार्टी रहेकोले आगामी आम निर्वाचन पछि युवाहरुलाई देशमै अवसर दिने बाताबरण सिर्जना गर्न आफूहरु सडकदेखि सदनसम्म प्रयास गरिरहेको बताए ।

वर्षेझरीमा छाता ओढेर भाषण सुन्न आएका सर्बसाधारणहरुले रवि दाइ हाई हाई भन्दै नाराबाजी गर्नुका साथै करिब दुई सय भन्दा बढिलाई सभापति लामिछानेले रास्वपाको सदस्यता स्वरुप लोगो लगाइदिएका थिए ।


Published :असार २०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media