प्रधानमन्त्रीको आग्रहमा  २ घन्टा पछि सारियो संसद बैठक

राष्ट्रपाटी न्युज

असार २३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आइतबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठक सारिएको छ ।

प्रधानमन्त्री प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले सारेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सारेका हुन् ।


Published :असार २३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media