काठमाडौं । भर्खरै सम्पन्न एसईई परिक्षामा बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको पुष्पलाल मेमोरियल मावीले उत्कृस्ट नतिजा प्राप्त गर्न सफल भएको छ।
अघिल्ला बर्षहरुमा समेत राम्रो नतिजा ल्याउने गरेको उक्त विधालयबाट यो बर्ष दुई जना विद्यार्थीहरुले ४ जीपीए प्राप्त गरेर इतिहास रच्न सफल भएको विधालयका प्रिन्सिपल नारायण तिम्सिनाले बताएका छन्।
२०७९ को एसईई परिक्षामा पुष्पलाल मेमोरियल स्कुल बुढानिलकण्ठ कपनबाट आर्जु अर्याल र सम्राट आचार्यले ४ जीपीए प्राप्त गरेका हुन्। त्यसै गरि अन्य बिधार्थीको नतिजा समेत उत्कृष्ट रहेको पाइएको छ। नतिजा अनुसार चार विद्यार्थीले ३.९५ जिपिए ,१६ जना विद्यार्थीहरुले ए + र ६ जनाले ए ग्रेड प्राप्त गरेको प्रिन्सिपल तिम्सिनाले जानकारी दिएका छन् ।
प्ले ग्रुप देखि स्नातकोत्तर तह सम्म विभिन्न विषय पठन पाठन गर्दै आएको पुष्पलाल मेमोरियल मावी तथा कलेज विगत दुई दशक भन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेको छ ।