काठमाडौं । भर्खरै सम्पन्न एसईई परिक्षामा बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक विधालय बालउद्दार मावीले ३५ जना बिधार्थीको ए+ सहित उत्कृस्ट नतिजा प्राप्त गर्न सफल भएको छ।
प्राविधिक तर्फ कम्प्युटर इञ्जिनियरिङ्गको कक्षा समेत संचालन हुने उक्त विधालयबाट यो बर्ष ३५ जना विद्यार्थीले ३ .६ भन्दा माथी, १० जना विद्यार्थीहरुले २.८ देखि ३.६ सम्म ,२५ जना विद्यार्थीले २.४ देखि २.८ सम्म , १५ जना विद्यार्थीले २.०० देखि २.४ सम्म ल्याई उत्तीर्ण भएको र दुई जना विद्यार्थीले ३ .९२ जीपीए प्राप्त गरेर इतिहास रच्न सफल भएको विधालयका प्रधानाध्यापक बिनोद पण्डितले जानकारी दिएका छन्।
एक बर्ष अघि नेपाल सरकारद्वारा नमुना बिधालय घोषित भएको यो बिधालय धेरै बिधार्थी र अभिभावकको आकर्षणको केन्द्र बन्दै आएको छ।
प्ले ग्रुप देखि कक्षा १२ सम्म विभिन्न विषय पठन पाठन गर्दै आएको यो सामुदायिक बिधालय लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेको छ ।
कक्षा ११ मा समेत कम्प्युटर इञ्जिनियरिङ्ग , बिज्ञान ,व्यबस्थापन ,शिक्षा , मानविकी ,कानुन लगायत अध्यापन गरिने हुनाले उत्कृष्ट रिजल्ट प्राप्त गर्न यसै बिधालयमा भर्ना गर्न प्रधानाध्यापक पण्डितले सबैलाई आग्रह गरेका छन् ।