संसदमा एमाले र राप्रपाद्वारा फेरि प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले समेत प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका छन् । ‘प्रधानमन्त्रीमा यति नैतिकता भन्ने चिज छ भने उहाँले राजीनामा म आग्रह गर्दछु’ उनले भने ।


Published :२५ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media