बूढानिलकण्ठ -१२ बासीलाइ वडा कार्यालयको विशेष सूचना

राष्ट्रपाटी न्युज

असार २६, २०८०

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नं १२ ले नयाँ अभियान संचालन गरेको छ। वडाले सुचना जारी गर्दै विद्यालयहरुको १०० मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बेचबिखन नगर्न निर्देशन दिएको छ।

त्यस्तै वडा नं १२ ले सार्वजनिक स्थलमा धुम्रपान र मध्यपान निषेध गरिएको जानकारी दिदै बिहान ८ बजे देखि बेलुका ९ बजे सम्म मात्र व्यवसाय खोल्न पनि आग्रह गरेको छ।

वडा भित्र रहेका बिधालय क्षेत्र र सार्वजनिक स्थललाइ व्यवस्थित र अनुशासित बनाइ जनतालाई सभ्य समाजको झल्को दिने उदेश्य सहित यो अभियान संचालन गरिएको वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन्।


Published :असार २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media