डेण्डी शेर्पाद्वारा एकीकृत समाजबादी परित्याग,अव स्वतन्त्र रहने

राष्ट्रपाटी न्युज

असार २६, २०८०

बूढानिलकण्ठ। नेकपा (एकीकृत समाजबादी) का स्थानीय नेता डेण्डी शेर्पाले एकीकृत समाजबादी पार्टी परित्याग गरेका छन्। लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका शेर्पा नेकपा एमालेको बिभाजन पछि बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा सक्रिय थिए।

नेकपा एमालेमा छँदा काठमाडौ क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य बनेका उनि तत्कालिन कपन गाउँ बिकास समिति भएको अबस्थामा नेकपा एमाले कपन गाउँ कमिटि उपसचिव समेत बनेका थिए।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय शेर्पाले धेरै बर्ष बूढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बाल अपाङ्ग टेवा संस्था नामक संस्था संचालन गर्दै आएका थिए भने हाल उनको संस्था वडा नम्बर ११ मा संचालित छ।

बेसहारा अपाङ्ग बालबालिकाहरुलाई साहारा दिएर सामाजिक सेवामा सक्रिय शेर्पा राजनीतिक दलहरुको भ्रष्ट चरित्र , स्वार्थी प्रबृत्ति देखि वाक्क भएको भन्दै अब स्वतन्त्र जीवन जिउने घोषणा गरेको बताउँछन्।

 


Published :असार २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media