काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जोगिएको छ ।
कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा एमालेले रिट दायर गरेको थियो ।
बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यो आदेश दिएको हो ।
साथै सर्वोच्चले आदेशमा थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्दा बुझाएका प्रदेशसभा सदस्यहरुको समर्थन, दाबी, हस्ताक्षर लगायतका कागजात र प्रदेश प्रमुख परशुराम खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ ।
त्यसपछि ७ गते पेशी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेशमा भनिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको विरोधमा एमालेले अदालतमा रिट दायर गरेको थियो ।