बीआरआई कार्यान्वयनका लागि छलफल जारी छः परराष्ट्रमन्त्री  

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल जारी रहेको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले नेपाल चीनबीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताए ।

उनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्य अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिए । मन्त्री साउदले ७ वटा मुलुक रिक्त रहेकाले कार्यविधि अनुसार चाँडै राजदूत नियुक्त गरिने बताए।

परराष्ट्रमन्त्री साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको ,पारस्पारिक हित र लाभका आधारमा छिमेकीलगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिए ।


Published :२८ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media