सातौँ एनभिए महिला भलिबलमा एपीएफ र आर्मी विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिला तर्फको खेलमा विभागिय टोली नेपाल एपीएफ क्लब विजयी भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार भएको खेलमा न्यु डायमन्ड स्पोर्टस एकेडेमीलाई  एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो।

एपीएफ २५–१९, २५–१८ र २५– १२ को सेटमा विजयी भएको हो। जितसंगै एपीएफले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

त्यस्तै बिहीबार नै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एभरेष्ट क्लबमाथि ३–० को सोझो सेटमा जित हासिल गरेको छ ।
आर्मीले एभरेष्टलाई २५–१२, २५–१९ र २५–१९ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुषतर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल असार ३० गते हुने भलिबल संघले जनाएको छ ।


Published :२८ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media