काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि विमान बंगलादेशको उडान नम्बर ३७१ को विमानबाट काठमाडौं आएका हुन्। नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले लूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

लू  विमानस्थलबाट एमसीसी कार्यालय बालुवाटारतर्फ प्रस्थान गरेका छन्। नेपाल भ्रमणका क्रममा मन्त्री लूले नेपाल सरकारका अधिकारी तथा मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा जान लागेको पूर्वसन्ध्यामा लू नेपाल आइपुगेका हुन्।

संसद्ले अनुमोदन गरेको करिब १८ महिनापछि भदौबाट एमसीसी कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब नेपाली रुपैयाँ अनुदान दिनेछ ।

नेपालले एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ ।


Published :२९ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media