काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवि लामिछानेले मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले यथासिघ्र मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक तत्काल ल्याउनुपर्ने माग गरे ।
‘मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक यथासिघ्र ल्याइयोस् ,’लामिछानेले भने, ‘नत्र अर्को बैठक चल्न दिने छैनौं । ’
सत्ता पक्षले नै विधेयक रोक्न खोजेको गाइगुईँ सुन्नमा आएको उनको भनाइ । मिटरब्याजको अध्यादेश शून्यमा गएको भन्दै आफूहरु सदैव पीडितका पक्षमा रहेको बताए । मिटरब्याजको पीडाबाट नागरिकहरु जीवनमरणको दोसाधमा रहेको लामिछानेको भनाइ छ ।