लोकतन्त्र साइन बोर्डमा होइन, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताए ।

उनले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताए । अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सिमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताए । उनले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताए ।

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभुत अधिकार दिलाउनुपर्ने बताए ।


Published :२९ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media