काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई पेश गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक संसद्मा पेश गरेका हुन् । अहिले सो विधेयकमाथि दफावार छलफल जारी छ।
विधेयकमा राप्रपा, नेमकिपा र राश्वपाले विरोध जनाएका छन्। राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका प्रेम सुवाल र राश्वपाका सोबिता गौतम र सुमना श्रेष्ठले विधेयक संविधान विपरित आएको बताएका छन् ।
सांसद् श्रेष्ठले यो विधेयक संविधान विपरीत रहेको बताइन् । उनले यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो ? भन्दै प्रश्न समेत गरेकी छन्। सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त विपरीत विधेयक टेबल भएको भन्दै आपत्ती जनाइन् ।
गम्भिर प्रकृतिका मुद्दामा कसैलाई छुट दिन नहुने उनको भनाइ छ। दफावार छलफल सकिए मिटरब्याजीसम्बन्धी कानुन बनाउन विधेयक आजै पारित हुनेछ ।